
जलवायु परिवर्तनसँगै सरुवा रोगको जोखिम बढ्दो
स्वास्थ्य विज्ञहरूले जलवायु परिवर्तनका कारण लामखुट्टेबाट सर्ने रोग, श्वासप्रश्वाससम्बन्धी समस्या तथा एन्टिबायोटिक प्रतिरोधको चुनौती बढ्दै गएको बताएका छन्।
सरकार र स्वास्थ्य निकायहरूले मानव, पशु र वातावरणको समन्वित संरक्षणका लागि ‘वन हेल्थ’ अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।